Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • प्रचण्ड तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त, शपथ सोमबार

    प्रचण्ड तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त, शपथ सोमबार

    अनलाइन नेपाल
  • आइतबार, १० पुष २०७९
  • 891
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पदमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियुक्त भएका छन् । आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई नियुक्त गरेकी हुन् । संविधानको धारा ७६ को (२) अनुसार दाहाललाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

    अध्यक्ष प्रचण्डले संविधानको धारा ७६ को उपधारा २ अनुसार नेकपा एमालेसहित १६९ सांसदको समर्थनमा प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दावी पेश गरेका थिए ।



    यससँगै तेस्रोपटक प्रधानमन्त्री बनेका दाहालले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको शपथ सोमबार ४ बजे तय गरेको बताइएको छ ।



    राष्ट्रपतिसमक्ष एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी र तीन स्वतन्त्र सांसदको समर्थन रहेको पत्र दाहालले बुझाएका छन् । राष्ट्रपति भण्डारीले सरकार गठनका लागि दाबी पेस गर्न दलहरूलाई आइतबार साँझ ५ बजेसम्मको समय सीमा दिएकी थिइन् ।

    जसअनुसार दाहालले नेकपा एमालेसहित रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीको समर्थन लिएर दाहाल शीतल निवास पुगेका थिए । शीतल निवासमा सबै दलका अध्यक्षहरु पुगेका थिए ।

    शीतल निवासमा एमाले अध्यक्ष केपी ओली, रास्वपाका अध्यक्ष रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, जसपाका अध्यक्ष उपेन्द्र यादव, नागरिक उन्मुक्ति पार्टीकी नेता रन्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सीके राउत, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवास नेम्वाङ लगायत नेताहरू पनि पुगेका थिए । यसवाहेक स्वतन्त्र सांसद अमरेश सिंह प्रभु साह पनि शीतल निवासमा पुगेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार