Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रवि लामिछानेलाई बालेनको झटारो - नयाँ गफाडी, उहीँ पुराना व्यापारी !

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह ‘बालेन’ले शनिबार राति गरेको टिप्पणी राष्ट्रिय स्वतन्त्र पार्टीलक्षित भएको खुलेको छ । मेयर बालेनले शनिबार राति सामाजिक सञ्जालमार्फत कवितात्मक शैलीमा नयाँ गफाडीहरु भन्दै नयाँ सांसदहरूप्रति कडा टिप्पणी गरेका थिए ।

सो टिप्पणी राष्ट्रिय स्वतन्त्र पार्टीकाम सभापति रवि लामिछाने लक्षित भएको खुलेको हो । आइतबार उनले समाजिक सञ्जालमा रवि लामिछाने र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटवार्ताको तस्विर राख्दै उनले हिजो एउटा कविता लेखेको थिए आज लेख्दै भनेका छन् ।

उक्त तस्विरमा नयाँ सांसद रवि लामिछाने छन् । त्यसकारण उनले रविलाई नै नयाँ गफाडीहरु भनेको हुन सक्ने आकलन गरिएको छ । उनले आज पोस्ट गरेको स्ट्याटसमा लेखिएको छ, 'देश के हो ? व्यापार के हो ? खेल हो ?'

नयाँ सरकार गठनको विषयमा सत्ता गठबन्धनमा सहमति जुट्न नसकेपछि राजनीति नयाँ मोडमा जानेगरी अघि बढेको छ । यस्तै बालेनले शनिबार राति फेसबुकमा कविता शैलीमा चार लाइन लेखेका छन्, ‘नयाँ सांसदहरू, नयाँ गफाडीहरू, उही पुरानो देश, उही पुराना व्यापारीहरू ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार बहमुत दाबी गर्ने समय अब केही घण्टा बाँकी रहँदा बालकोटमा राजनीतिक दलका शीर्ष नेताको बाक्लो उपस्थिति छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077