Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • गठबन्धन टुट्ने संकेत देखिरहेका बेला ओली भेट्न बालकोट पुगे रवि लामिछाने

    गठबन्धन टुट्ने संकेत देखिरहेका बेला ओली भेट्न बालकोट पुगे रवि लामिछाने

    अनलाइन नेपाल
  • आइतबार, १० पुष २०७९
  • 702
    SHARES

    काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सत्ता भागवण्डामा कुरा नमिलेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारको बैठक छाडेर खुमलटार फर्किका छन् । माओवादी अध्यक्ष प्रचण्ड बाहिरिएसँगै गठबन्धन टुट्ने संकेत देखिएको विश्लेषण हुन थालेको छ ।

    यस्तो बेलामा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने भने दोस्रो ठूलो पार्टी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न बालकोट पुगेका छन् । गठबन्धनको रमिता हेरिरहहेका ओली पनि साना दल समेटेर सरकार बनाउने चलखेलमा लागेका छन् । यस्तो अवस्थामा २० सिट भएको राष्ट्रिय स्वतन्त्र पार्र्टीका अध्यक्ष पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।



    यद्यपी माओवादी अध्यक्ष पनि बालुवाटरबाट बालकोट जाने भन्दै निस्किएको स्रोतले बतायो । तर, उनी आफ्नै घर खुमलटार फर्किएका छन् । यद्यपि माओवादीका महासचिव देव गुरुङसहितका नेताहरु भने ओली निवास बालकोटमै छन् ।



    आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देश लिएर पुगेका नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले प्रचण्डलाई दोस्रो पालोमा प्रधानमन्त्री पद लिन आग्रह गरेका थिए ।

    उनले राष्ट्रपति र प्रधानमन्त्री छाड्न नसकिने सुनाएका थिए । त्यसपछि प्रचण्डले पार्टी पदाधिकारीहरुलाई गठबन्धनमा संकट आएको बताएका छन् ।

    यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि ओलीसँग छलफल गरेका छन् ।  राष्ट्रपतिले सरकार गठन गर्न दिएको समय आज साँझ पाँच बजे सकिने भएकाले सत्ता समीकरण मिलाउने दौडधुपमा नेता जुटेका छन्।

    यता बालुवाटारको सत्ता गठबन्धनको बैठकबाटै नेकपा माओवादी अध्यक्ष प्रचण्ड हिँडेपछि नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रचण्डले गठबन्धन तोडेको र आफूहरूको हातमा केही नभएको बताएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार