Online Nepal
  • बुधबार, १० पुष २०८१
  • सरकारमा जाने–नजाने विषयमा संसदीय दलमा छलफल गर्दै रास्वपा

    सरकारमा जाने–नजाने विषयमा संसदीय दलमा छलफल गर्दै रास्वपा

    अनलाइन नेपाल
  • आइतबार, १० पुष २०७९
  • 762
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक बोलाएको छ।

    संसदीय दलको विधान मस्यौदा र नयाँ सरकार गठन र समसामयिक राजनीतिक घटनाक्रमबारे धारणा बनाउन संसदीय दलको बैठक आज दिउँसो १ बजे बसुन्धारामा बस्न लागेको हो।



    एक नेताले दिएको जानकारीअनुसार बैठकमा संसदीय दलको विधान तथा सरकारमा जाने वा नजानेजस्ता विषयमा छलफल हुनेछ।



    रास्वपाका अध्यक्ष रवि लामिछाने सरकारमा सहभागी हुने पक्षमा छन्। यसबारे औपचारिक निर्णयका लागि दलको बैठक बस्न लागेको हो।

    प्रतिनिधि सभामा रास्वपाका २० जना सांसद छन्। सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा आज सकिँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार