काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ थप रणनीति बनाउन आन्तरिक छलफलमा जुटेका छन् ।
आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा र गठबन्धनको बैठक बस्नु अगाडि प्रचण्डले आफ्नो पार्टीका शीर्ष नेताहरुसँग थप रणनीति बनाउन बिहान छलफल गरेका हुन् ।
सरकारको नेतृत्व पहिला कसले गर्ने भन्नेमा सत्ता गठबन्धनबीच सहमति जुट्न नसक्दा गठबन्धनको शनिबार बसेको बैठक बिना निष्कर्ष टुंगिएको थियो ।
खुमलटारमा पुगेका माओवादीका नेताहरुले सके सत्ता गठबन्धनभित्रबाटै र यदि गठबन्धन भित्रबाट प्रधानमन्त्री नपाएको अवस्थामा एमालेसँग पनि समानान्तर छलफल गरेर अगाडि बढ्नुपर्ने सुझाव अध्यक्ष प्रचण्डलाई दिएको बताइएको छ ।
राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अनुसार बहुमत पुर्याएर प्रधानमन्त्री दाबी गर्न आइतबार ५ बजेसम्मको समय तोकेकी छन्। कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री नछाड्ने संकेत पाएपछि माओवादीले एमालेसँग पनि नयाँ गठबन्धनबारे छलफल अघि बढाएको छ ।
Leave a Reply