Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बुद्ध एयरका अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको निधन

काठमाडौं । बुद्ध एयरका संस्थापक कार्यकारी अध्यक्ष सुरेन्द्र बहादुर बस्नेतको निधन भएको छ ।

९३ वर्षका उनको आइतबार बिहान निधन भएको हो ।

भोजपुरको दिंगलास्थित साल्मामा जन्मिएका बस्नेतले भारतको बनारसबाट एलएलबीसम्मको अध्ययन पूरा गरेका थिए।

उनी नेपाल बार एसोसिएसनको संस्थापक सदस्य पनि थिए । उनले ७० वर्षको उमेरमा बुद्ध एयर स्थापना गरेका थिए ।

हाल बुद्ध एयरलाई उनका जेठा छोरा वीरेन्द्रबहादुर बस्नेतले प्रवन्ध निर्देशकका रूपमा हाँकिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077