Online Nepal
  • बुधबार, १२ मंसिर २०८१
  • चीनमा कोरोना बढेपछि भारतमा पनि उच्च सर्तकता, सबैलाई मास्क लगाउन आग्रह

    चीनमा कोरोना बढेपछि भारतमा पनि उच्च सर्तकता, सबैलाई मास्क लगाउन आग्रह

    अनलाइन नेपाल
  • शनिबार, ९ पुष २०७९
  • 729
    SHARES

    फाइल फोटो

    एजेन्सी । भारतले कोभिड संक्रमणका घटनाहरूमा निगरानी बढाइरहेकाबेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकलाई पुनः मास्क लगाउन सुरु गर्न आह्वान गरेका छन् ।

    चीनमा कोभिड संक्रमितको सङ्ख्यामा अप्रत्यासित वृद्धि हुन थालेपछि बिहीबार मोदीले कोरोना समस्या सम्बन्धी एउटा पुनरवलोकन बैठक बोलाएका थिए ।



    चीनको नाजुक अवस्था हेरेर भारत शतर्क बनेको हो । प्रधानमन्त्री मोदीले जनतालाई स्वास्थ्य परीक्षणमा जोड दिन र कोभिड नियन्त्रण तथा रोकथाममुखी व्यवहारलाई पुन प्रोत्साहन गर्न आग्रह गरेका छन् ।



    कोरोना संक्रमणको दर झरेपछि यसै वर्षको सुरुमा भारतले मास्क लगाउनेलगायत कोभिडसम्बन्धी अन्य नियमहरू फुकुवा गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार