Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

देउवा र प्रचण्डबीचको छलफल निष्कर्षविहीन, पहिले आफू नै प्रधानमन्त्री बन्ने देउवाको अडान

काठमाडौं । नयाँ सरकार गठनबारे प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीचको आजको वार्ता पनि निष्कर्षविहीन सकिएको छ । शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुटारमा दुई नेताबीच भएको छलफल बिना निष्कर्ष सकिएको हो ।

शनिबार दिउँसो फेरि छलफल गर्ने गरी आजको बैठक सकिएको बताइएको छ । सरकार गठन लगायतका विषयमा छलफल गर्न देउवा र दाहालबीच शुक्रबार साँझ साढे ५ बजेदेखि २ घण्टा छलफल भएको थियो । शनिबार साँझ वा आइतबार दिउँसोसम्म परिणाम निकाल्ने गरि छलफल हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीमा दाबी प्रस्तुत गर्दै आएपनि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सकारात्मक भएका छैनन् । पार्टीभित्र तीव्र दबाब आएको भन्दै देउवाले प्रधानमन्त्रीमा प्रचण्डलाई सघाउने प्रतिबद्धता जनाउन सक्ने अवस्था नरहेको बताएका छन् ।

शुक्रवार बालुवाटारमा भएको छलफलका क्रममा देउवाले आफूले नै पहिलो कार्यकाल नेतृत्व गर्न पाउनुपर्ने बताएका हुन् । यसअघि बिहीबारको बैठकमा प्रचण्डले आफू पहिले प्रधामन्त्री हुने प्रस्ताव राखेका थिए ।

बालुवाटारमा भएको यस छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सहभागी हुने भनिएको थियो तर स्वास्थ्यका कारण उनी सहभागी थिएनन् । राष्ट्रपतिको कार्यालयले दिएको समयसीमा पुस १० गतेभित्र सरकार बनाउनुपर्ने दबाबमा रहेका सत्ता गठबन्धनका नेता तीव्र रुपमा छलफलमा जुटेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077