Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री देउवाले वकिलहरूलाई भने - दवाव र प्रभावमा नपरी काम गर्नूस्

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले दवाव र प्रभावमा नपरी काम गर्न वकिलहरूलाई आग्रह गरेका छन् । महान्यायाधिवक्ता कार्यालयले शुक्रबार काठमाडौंमा आयोजना गरेको सरकारी वकिलको चौथौ राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

उनले वकिलले निष्पक्ष र स्वतन्त्र रुपमा व्यावसायिक काम गर्नुपर्ने बताए । उनले मुलुकको फौजदारी शासन कायम गर्न मुलुकको विद्यमान कानुनको निष्पक्ष र प्रभावकारी कार्यान्वयनको आवश्यकता रहेको जिकिर गरे ।

प्रधानमन्त्री देउवाले महान्यायाधिवक्ता कार्यालयको क्रियाशीलता कार्यकुशलता,स्वच्छता, निष्पक्षता, पारदर्शिता र व्यावसायिकताले मुलुकमा कानुनी राज्यको अवधारणालाई व्यवहारमा रूपान्तरण गर्न सहयोग पुग्ने भएकाले यसतर्फ सदैव सजग र सचेत रही कार्यसम्पादन गर्न आवश्यक रहेको पनि उल्लेख गरे ।

उनले कानुन बमोजिम आफूले सम्पादन गर्नुपर्ने कुनै पनि कार्यहरू कुनै पनि किसिमको दबाब, प्रभावमा नपरी निष्पक्ष, स्वतन्त्र र व्यावसायिक रूपमा सम्पादन गर्न सरकारी वकिलहरूलाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077