Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

साम करन बने आईपीएलकै महँगा खेलाडी

एजेन्सी । इण्डियन प्रिमियर लिगको अक्शनमा इंग्ल्याण्डका अलराण्डर साम करन इतिहासकै महंगो मूल्यमा बिक्री भएका छन् ।

भारतको कोचीमा जारी मिनी अक्सनमा इंग्ल्यान्डका युवा साम करनलाई पन्जाब किंग्सले १८ करोड ५० लाख भारूमा किनेको हो ।

यो मूल्य आइपिएलकै सबैभन्दा महँगो मूल्य हो । यसअघि आईपीएल अक्सनमा दक्षिण अफ्रिकाका अलराउन्डर क्रिस मोरिसले १६ करोड २५ लाख भारू पाएका थिए ।

न्यूनतम मूल्य २ करोड भारू राखेका करनलाई अक्सनमा किन्न मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेंगलोर, लखनउ, राजस्थान, चेन्नई सुपर किङ्स र पन्जाबले समेत बोली लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077