Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

लिटरेचर फेस्टिबलमा ओलीको भने– विश्वकपमा अर्जेन्टिनाको पक्षमा थिएँ, फाइनल पूरै हेरेँ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कतारमा हालै सम्पन्न विश्वकप फुटबल प्रतियोगिता निकै रोचक भएको प्रतिक्रिया दिएका छन्।

शुक्रबार पोखरामा आयोजित नेपाल लिटरेचर फेस्टिबल कार्यक्रममा अध्यक्ष ओलीले विश्वकपमा आफू विजेता अर्जेन्टिनाको पक्षमा रहेको खुलासा गर्दै उसैले जितेकोमा खुसी व्यक्त गरे।

उनले भने, ‘विश्वकपको अन्तिम खेल –फाइनल त रोचक नै थियो। म तटस्थ ढंगले अर्जेन्टिनाको पक्षमा थिएँ । मैले फाइनल खेल पूरै हेरेँ। राति भएकाले खेल हेर्न मलाई समस्या भएन। अरु काम पनि नहुने भएकाले ढुक्कसँग फाइनल हेरेँ।'

गत आइतबार भएको फाइनलमा फ्रान्सलाई टाइब्रेकरमा हराउँदै अर्जेन्टिनाले आफ्नो तेस्रो विश्वकपको उपाधि जितेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077