Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जेलबाट छुटेका चार्ल्स शोभराजलाई पुर्याइयाे अध्यागमन

काठमाडौं । सर्वोच्च अदालतले कैदमुक्त गर्न आदेश दिएसँगै केहीबेरअघि मात्र जेलबाट छुटेका विश्व कुख्यात सिरियल किलरका रूपमा चिनिएका चार्ल्स शोभराजलाई अध्यागमन विभागमा पुर्याइएकाे छ।

जिल्ला अदालत भक्तपुरबाट पत्र आएसँगै आज शुक्रबार केन्द्रीय कारागारबाट छुटेका फ्रान्सेली नागरिक शोभराजलाई अध्यागमनकाे जिम्मा लगाइएकाे हाे।

अध्यागमन विभागका अधिकारीहरूका अनुसार शोभराजलाई अब कहिल्यै नेपाल फर्किन नपाउने गरी उनकै देश फ्रान्स पठाउने तयारी भइरहेकाे छ।

दुई जनाको हत्या र एकको हत्या प्रयास मुद्दामा अदालतबाट दोषी ठहर भई १९ वर्षदेखि नेपाली जेलमा रहेका शोभराजलाई सर्वोच्चले जेष्ठ नागरिकले पाउने कैद छुट दिएपछि नौ महिना कैद छुट पाएका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077