एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा पुनः मास्क अनिवार्य गरिएको छ ।
दुई महिनाअघि मास्क लगाउनुपर्ने नियम हटाइएकोमा चीन लगायतका देशहरूमा कोरोना संक्रमण उच्च भएपछि पुनः मास्क लगाउने नियम लगाइएको हो ।
प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतमा बिहिबार बसेको उच्च स्तरीय आकस्मिक बैठकले सार्वजनिक स्थानमा मास्क नलगाए जरिवाना समेत गर्ने निर्णय गरेको हो ।
केन्द्र सरकार र राज्य सरकारहरुले सर्वसाधारणलाई सतर्कता अपनाउन समेत आह्वान गरेका छन् ।
Leave a Reply