Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नयाँ सरकार गठन गर्न राष्ट्रपतिले दिएको समय घर्किंदै, छलफलमा जुट्दै सत्तारुढ दलका शीर्ष नेता

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष तीन नेताहरु नयाँ सरकार गठनका लागि आज पनि छलफलमा जुट्दै छन् ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजावादी) का अध्यक्ष माधवकुमार नेपाल छलफलमा जुटन लागेका हुन् ।

सत्ता साझेदार तीन दलका शीर्ष नेताबीच बालुवाटारमा बिहीबार साँझ भएको छलफल बिनानिष्कर्ष टुङ्गिएको थियो । प्याकेजमा सहमति खोज्न नेतात्रयबीच शुक्रबार अपरान्ह फेरि छलफल हुन लागेको हो । बिहीबारको छलफलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू पहिले प्रधानमन्त्री हुनुपर्ने माग गरेका बताइएको छ ।

नेताहरू सरकार गठनका लागि प्याकेजमै सहमति हुनुपर्नेमा सहमत छन् । राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको विषयमा प्याकेजमा सहमति गरेर अघि बढ्ने तीन नेताबीच सहमति भएको छ । नयाँ सरकार गठन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको एक साताको समय घर्किंदै गएको छ ।

दलहरूलाई गत पुस ३ गते राष्ट्रपति भण्डारीले नयाँ सरकार गठन गर्न आह्वान गरेकी थिइन् । राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न पुस १० गते अपरान्ह ५ बजेसम्मको समय दलहरूलाई दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077