Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नवनिर्वाचित सांसद यादव र राईले आज शपथ लिँदै

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसद महेन्द्र राय यादव र रामकुमार राईले आज बिहान पद तथा गोपनियताको शपथ लिने भएका छन् ।

उमेरसम्बन्धी प्राविधिक कारणबाट हिजो शपथ नलिएका यादव र जहाज छुटेकाले शपथ ग्रहण समारोहमा सहभागी हुन नसकेका राईलाई सङ्घीय संसद् सचिवालयले आज शपथ गराउन लागेको हो ।

यादवसँगै राईलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले आज सिंहदरबारमा रहेको संसद् सचिवालयमा शपथ गराउने छन् । प्रतिनिधि सभाका दुई सय ७० जना सांसदले हिजो शपथ लिएका थिए ।

तर सांसदहरु महेन्द्र राय यादव, प्रेमबहादुर आले, माया राई र रामकुमार राई भने हिजो शपथ लिन अनुपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077