Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सीमा समस्याबारे भारत र चीनबीच उच्चस्तरीय सैन्य वार्ता

एजेन्सी । सीमा क्षेत्रमा देखिएको अशान्त अवस्थालाई सहज बनाउन भारत र चीनबीच उच्चस्तरीय सैन्य वार्ता भएको छ ।

सीमा क्षेत्रमा भारत र चीनका सेनाबीच पटक–पटक झडप भएपछि दुवै देशका सेनाको उच्च नेतृत्वबीच वार्ता भएको हो ।

वार्तापछि संयुक्त वक्तव्य जारी गरेर दुवै देशले वार्ताबाट सबै समस्याको हल खोज्ने सहमति भएको उल्लेख गरेका छन् ।

सीमा क्षेत्रमा सुरक्षा र स्थायित्व कायम गर्नका लागि सैन्य र राजनीतिक तहमा वार्ता जारी राख्न दुवै देश सहमत भएको बताइएको छ । अरुणाञ्चल राज्यमा यही डिसेम्बरको ९ तारिखमा भएको झडपमा दुवै देशका केही सैनिक घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077