काठमाडौंं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा भेटवार्ता जारी छ ।
पार्टीको संसदीय दलको नेता चयन भए लगत्तै प्रचण्ड बालुवाटार पुगेका हुन् । एकीकृत समाजवादीका अध्यक्ष नेपाल लगायतका नेताहरु पनि छलफलमा थपिएका छन् । देउवा, दाहाल र नेपालबीच सरकार गठन लगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।
सिंहदरबारमा बिहीबार बसेको संसदीय दलको बैठकमा दाहालले प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा र एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग सरकार गठनबारे छलफल गर्ने समय तय भएको जानकारी दिएका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा दाबी पेस गर्न दिएको समयभित्र नै सरकार गठन गर्नका लागि गठबन्धनका दलहरूबीच छलफल जारी छ ।
Leave a Reply