Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

शपथ ग्रहणका लागि संसद भवन पुग्दै नवनिर्वाचित सांसदहरु

काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नवनिर्वाचित सांसदहरुको शपथग्रहण बिहीबार हुँदैछ ।

नयाँबानेश्वर स्थित संसद भवनमा दिउँसो १ बजे सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ । उक्त शपथ ग्रहणका लागि सांसद निर्वाचित भएको प्रमाणपत्रका साथ संसद भवन पुग्न थालेका छन् ।

केही सांसदहरूले मातृभाषामा शपथका लागि आफ्नो नाम टिपाइसकेका छन् । उनीहरू परम्परागत भेषभुषामा सजिएर संसद भवन पुगेका छ्न् ।

सांसदहरूले उर्दु, तामाङ, भोजपुरी, थारु, कोइरकोयू, मैथली, नेपाली खस, मधेसी भाषा, सन्याली भाषा, नेपाल भाषा, अवधि, नेपालीरमुस्लिम, हिन्दी र संस्कृत भाषामा शपथ लिनेछन् ।

सांसदहरूलाई ज्येष्ठ सदस्यको हैसियतले पशुपति शमशेर जबराले शपथ खुवाउनेछन् । जबराले बुधबार नै राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिइसकेका छन् ।

नयाँबानेश्वर स्थित संसद् भवनमा आज दिउँसो १ बजे सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077