Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संघीय संसद्का २६ जना सांसदले मातृभाषामा शपथ लिँदै

काठमाडौं । संघीय संसद्का नवनिर्वाचित सांसदहरूले बिहीबार शपथ लिँदैछन् । संघीय संसद्मा २७५ जना सांसदहरु रहेका छन् ।​

यसमध्ये २६ जना सांसदले विभिन्न १४ वटा मातृभाषामा शपथ लिन लागेका हुन् ।

सांसदहरूले उर्दु, तामाङ, भोजपुरी, थारु, कोइरकोयू, मैथली, नेपाली खस, मधेसी भाषा, सन्याली भाषा, नेपाल भाषा, अवधि, नेपालीरमुस्लिम, हिन्दी र संस्कृत भाषामा शपथ लिनेछन् ।

सांसदहरूलाई ज्येष्ठ सदस्यको हैसियतले पशुपति शमशेर जबराले शपथ खुवाउनेछन् । जबराले बुधबार नै राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिइसकेका छन् ।

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरु शपथग्रहणका लागि संसद भवन पुग्न थालेका छन् । नयाँबानेश्वर स्थित संसद् भवनमा आज दिउँसो १ बजे सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077