Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

रवि लामिछानेको शपथ रोक्न माग गर्दै संघीय संसदमा निवेदन

काठमाडौं । समाजवादी केन्द्र नेपालका नेता युवराज सफलले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसमेत रहेका नवनिर्वाचित सांसद रवि लामिछानेको शपथ रोक्न माग गर्दै संघीय संसद सचिवालयमा निवेदन दिएका छन्।

संसदका जेष्ठ सदस्य पशुपतिशम्शेर जबरा र महासचिव भरतराज गौतमलाई सम्बोधन गर्दै युवराजले लामिछानेको शपथ रोक्न माग गरेका हुन्।

नागरिकता विवाद देखाउँदै यसअघि उनले सर्वोच्चमा लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। बुधवार पेशी चढेको उक्त रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077