Online Nepal
  • बिहिबार, १३ मंसिर २०८१
  • यी सात राजनीतिक दलले टुंग्याए संसदीय दलका नेता

    यी सात राजनीतिक दलले टुंग्याए संसदीय दलका नेता

    अनलाइन नेपाल
  • बुधबार, ६ पुष २०७९
  • 639
    SHARES

    काठमाडौं । हालसम्म सातवटा राजनीतिक दलले संसदीय दलको नेता चयन गरेका छन् ।

    अहिलेसम्म नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजबादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले संसदीय दलको नेता टुंगो लगाएका हुन्।



    नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन्। बुधबार भएको निर्वाचनमा गगन थापालाई पराजित गर्दै देउवा संसदीय दलको नेता बनेका हुन्। देउवाले ६४ मत प्राप्त गर्दा थापाले २५ मत ल्याए।



    नेकपा एमालेको संसदीय दलको नेतामा केपी शर्मा ओली निर्वाचित भएका छन्। ओली सर्वसम्मतबाट संसदीय दलको नेता बनेका हुन्।

    राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टी अध्यक्ष राजेन्द्र लिङदेन चुनिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा भने पार्टी सभापति रवि लामिछाने सर्वसम्मत चयन भएका छन्।

    त्यस्तै जनमत पार्टीको संसदीय दलको नेतामा पार्टी अध्यक्ष सीके राउत चुनिएका छन्। लोकतान्त्रिक समाजवादी पार्टी संसदीय दलको नेतामा महन्थ ठाकुर चयन भएका छन्।

    नेकपा माआवादी केन्द्रबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संसदीय दलको नेता बन्ने निश्चित छ। त्यसका लागि संसदीय दलको बैठक भोलि (बिहीबार) डाकिएको छ।

    त्यस्तै नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेता पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चुनिने निश्चित छ। संसदीय दलको नेता चुन्न नागरिक उन्मुक्तिले बुधबार संसदीय दलको बैठक डाकेको छ। जनता समाजवादी पार्टी (जसपा)बाट संसदीय दलको नेता अझै टुंगो लागेको छैन।

    पार्टीको नीति सदनमा पुर्‍याउन संसदीय दलका नेताको भूमिका अग्रणी हुन्छ। संसदीय राजनीतिमा दलको नेता बन्नु भनेको अवसर पाउँदा प्रधानमन्त्री हुनसक्ने अवस्था पनि हो। संसदीय दलको नेतालाई आफ्ना पार्टीका सांसदहरूलाई निर्देशन दिनेदेखि कारबाही गर्नेसम्मको अधिकार छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार