Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

३० वर्ष कैद फैसला तोकिएका आरने माइला पक्राउ

रुपन्देही । मानव बेचविखन मुद्दाका फरार अभियुक्तलाई प्रहरीले रुपन्देहीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको कञ्चन गाउँपालिका–५ घर भएका मिनबहादुर विक (आरने माइला) छन् ।

महिलालाई भारतमा बेचविखन गरेको आरोपमा उनीविरुद्ध कपिलवस्तु जिल्ला अदालतले ३० वर्ष कैद र २ लाख ५० हजार जरिवाना हुने फैसला गरेको छ ।

२०७४ असारमा मुद्दा फैसला भएसँगै उनी फरार थिए । अदालतले पीडित महिलालाई १ लाख २५ हजार क्षतिपूर्ति भराउन आदेश गरेको थियो ।

६ वर्षदेखि फरार मिनबहादुरलाई इलाका प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो । पक्राउ पछि जिल्ला अदालत कपिलवस्तुको आदेशले उनलाई कारागार चलान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077