Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस संसदीय दलको चुनाव : देउवा र थापाले गरे पहिलो मतदान

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि मतदान सुरु भएको छ ।

बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान केही समय ढिलो गरी सुरु भएको हो । पहिलो मतदान दलको नेताका उमेदवार पार्टी सभापति शेरबहादुर देउवा र अर्का उमेदवार महामन्त्री गगन कुमार थापाले गरेका छन् ।

उनीहरूले मतदान गरेपछि लाइनमा बसेका अन्य सांसदले मतदान गरिरहेका छन् । संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा छन् ।

कांग्रेस संसदीय दलमा ८९ सांसदले निर्वाचन प्रकृयामा भाग लिनेछन् । मतगणना र परिणाम सार्वजनिक आजै हुनेछ । यस्तै नेपाली कांग्रेस संसदीय दलको निर्वाचनलाई लक्षित गर्दै सिंहदरबारमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077