Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

ट्वीटरको सीईओ पदबाट राजिनामा दिने एलन मस्कको घोषणा

काठमाडौं । एलन मस्कले सामाजिक सञ्जाल ट्वीटरको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाट राजीनामा दिने भएका छन् ।

बुधबार बिहान ट्वीट गर्दै मस्कले सीईओबाट सकेसम्म छिटो राजीनामा दिने घोषणा गरेका हुन् । उनले सीईओका लागि अर्को व्यक्ति भेटिएसँगै राजीनामा दिने र आफूले सफ्टवेयर र सर्भर टिम हेर्ने बताए ।

उनले ट्वीटर प्रमुखको भूमिकाबाट अलग हुँदा ठिक होला कि नहुँदा ठिक होला भनेर ट्वीटरमा भोटिङ पोल राखेका थिए र नतिजाको पालना गर्ने बताएका थिए ।

त्यसमा ५७.५ प्रतिशतले अलग हुनुपर्छ भनेर मत दिएका थिए । हुनु पर्दैन भन्ने पक्षमा ४२.५ प्रतिशत मत परेको थियो । अलग हुनुपर्छ भन्नेमा धेरै मत परेपछि उनले ट्वीट गरेर सीईओ पदबाट राजीनामा दिने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077