Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सोलुखुम्बुको नेले बजारमा लागेको आगलागी नियन्त्रणमा, चार घर जलेर नष्ट

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका १ स्थित नेले बजारमा लागेको आगलागी नियन्त्रणमा आएको छ ।

अपराह्न ४ बजेबाट सुरु भएको आगलागी दमकलको सहायताले पूर्ण रुपमा नियन्त्रणमा लिइएको हो । आगलागीबाट नेले बजारका पाँच घरमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

स्थानीय बुद्धि बहादुर कार्कीको घरबाट विद्युत् सर्ट भएर सुरु भएको आगोले बुद्धि बहादुरको घरसहित कल्पना बस्नेत, गणेश बस्नेत र रमेश बस्नेतको घर पूर्ण जलेर नष्ट भएको डीएसपी सुनिलजंग शाहले जानकारी दिए ।

चार घरमा रहेका २ वटा मोबाइल पसल र आधा दर्जन फेन्सी तथा किराना पसलहरू जलेर नष्ट भएको छ ।

आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासमेत गरी करिब १ सय जना शुरक्षाकर्मीहरु परिचालित थिए । स्थानीय र जनप्रतिनिध समेतको सक्रियतामा आगो नियन्त्रणमा आएको हो । आगलागीबाट करोडौंको क्षति भएको र यकिन विवरण आउँन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077