Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट खटिएको टोलीले चोरीको मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ ।

काभ्रेपलाञ्चोकको रोशि गाउँपालिका घर भइ हाल काठमाडौंको बुढानिलकण्ठ बस्ने २८ वर्षीय वाङजु लामालाई ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।

स १० प १३ २७ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल ललितपुरको ललितपुर महानगरपालिका १८ मगरगाँउबाट हराएको भनी ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा २०७८ कात्तिक २५ गते निवेदन परेको थियो ।

पक्राउ परेका लामालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि आज जिल्ला प्रहरी परीसर जावलाखेल ललितपुर पठाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077