Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सार्वजनिक जग्गा तथा कुलो व्यक्तिको नाममा दर्ता, १४ जनाविरुद्ध भ्रष्टाचार मुद्धा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक जग्गा तथा कुलो मिलेमतोमा व्यक्तिको नाममा गर्ने नापी अधिकृतहरूसमेत १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।

रुपन्देहीको नापी कार्यालय भैरहवाका तत्कालीन नापी अधिकृतहरू ध्रुवराज मरासिनी, विन्देश्वर यादव, सर्भेक्षक तथा प्रथम तहका जग्गाधनीसमेत १४ जना उपर भ्रष्टाचारको मुद्दा दर्ता गरिएको हो । उनीहरूविरुद्ध आयोगले मंगलवार विशेष अदालतमा सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दा दर्ता गरेको हो ।

रूपन्देहीको साविक दुधराक्ष गाविस वडा नं. ७ ‘क’ र सोही गाविसको वडा नं. २ ‘क’ को जग्गा नापी कार्यालयका कर्मचारीहरूले मिलेमतो गरी सार्वजनिक कुलो तथा जग्गा व्यक्ति विशेषको नाममा दर्ता गरिदिएको भन्दै मुद्दा दर्ता गरिएको हो ।

अख्तियारले जग्गाधनीहरू कृष्णप्रसाद पोखरेल, पार्वता अधिकारी पौडेल, डिलमाया पुन, ऋषिराम विश्वकर्मा, कमला पन्थी, मिना कार्की, सीता घिमिरे, दयानिधि न्यौपाने, खिमा खनाल र पार्वती घिमिरेविरुद्ध पनि मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077