Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमाले संसदीय दलको नेतामा अध्यक्ष ओली सर्वसम्मत चयन

काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा पार्टी अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत चयन भएका छन् ।

उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र सुवास नेम्वाङको समर्थनमा ओली दलको नेतामा निर्विरोध चयन भएका हुन् ।

संसदीय दलको बैठक कमलादीस्थित प्रज्ञा भवनमा बसेको थियो । अर्को बैठक बसेर उपनेता, प्रमुख सचेतक लगायत चयन गर्ने एमालेको तयारी छ ।

संसदीय दलको बैठकले एमालेलाई लोकप्रिय मतमा पहिलो दल बनाएकोमा सम्पूर्ण मतदातालाई ओलीले धन्यवाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077