Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सभापति देउवाको उम्मेदवारी फिर्ता हुँदैन : कांग्रेस प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशरण महतले सभापति शेरबहादुर देउवाको उम्मेदवारी फिर्ता नहुने बताएका छन्।

पार्टी प्रवक्ता महतले सभापति देउवा अनुभवी नेता भएकाले पनि संसदीय दलको नेता बन्नुपर्ने बताएका हुन् ।

संस्थापनइतरबाट संसदीय दलको नेताका लागि उम्मेदवार बनेका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्रीसमेत रहेका देउवालाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए।

प्रवक्ता महतले, 'संसदीय दलको नेताका लागि उहाँ परिपक्व हुनुहुन्छ। अनुभव पनि हुनुहुन्छ। त्यसैले उहाँले उम्मेदवारी फिर्ता लिनुहुन्न ।'

मंसिर ४ को निर्वाचनबाट पहिलो दल बनेको कांग्रेसको संसदीय दलको नेताका लागि मंगलबार देउवा र थापाले उम्मेदवारी दिएका छन्। ८९ सिट रहेको कांग्रेसले भोलि बुधबार संसदीय दलका नेता छान्दैछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077