Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

चुनावअघि भने जस्तो एमाले खोज्न टर्च बाल्नु पर्दैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वचनमा सत्तागठबन्धनले धेराबन्दी र बुथ कब्जा गरेको आरोप लगाएका छन् ।

एमालेबाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सांसदहरुलाई मंगलबार राजधानीमा बधाई र शुभकामना दिँदै ओलीले धाँधलीकाबीच पनि सबै चक्रव्युह तोडेको बताएका हुन् ।

उनले सत्ता गठबन्धनका यस्ता गतिविधि भएपनि चुनावबाट लोकप्रिय मतमा एमाले पहिलो भएको उल्लेख गरे ।

उनले भने, 'घेराबन्दी धाँधली र बुथ क्याप्चरकाबीचमा हामी लोकप्रिय मतमा पहिलो भयौं । राज्यशक्तिको चरम दुरुपयोग भयो । सार्वभौम जनताले आफ्ना प्रतिनिधि छान्न पाउने अधिकार कतिपय ठाउँमा खोसियो ।'

यसका कारण कतिपय अवस्थामा एमालेको विजय खोसिएको ओलीले उल्लेख गरे । उनले निर्वाचनमा निर्वाचनमा आयोगले पनि निष्पक्ष भूमिका निर्वाह नगरेको आरोप लगाए ।

उनले चुनवामा आफूहरुलाई धुलो चटाउँछौं भन्नेहरुले अहिले एमाले कहाँ छ भने ख्याल गर्नुपर्ने बताए । केहीले चुनावपछि एमालेलाई टर्च बालेर खोज्नुपर्छ पनि भनेको तर अहिले कहाँ छ भन्ने संसारले थाहा पाएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077