Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

ट्राफिक नियम उल्लंघन गर्ने २७९ चालक कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहान गरिएको विशेष चेकिङको क्रममा २७० जना ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।

विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने १० जना स्कुल बसका चालक कारबाहीमा परेका छन्।

जसमा सवारी चालक अनुमति पत्र साथमा नलिई चलाउने ४ जना , नम्बर प्लेट स्पष्ट नभएको १ जना, लापरबाहीको साथ सवारी चलाउने १ जना र अन्य कसुरमा ४ जना स्कुल बसका चालकलाई कारबाही गरिएको छ।

सोही चेकीङ्गकै क्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने अन्य २५४ जना चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077