Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस संसदीय दलको उम्मेदवार छान्न पुनः छलफलमा जुट्यो शेखर-गगन समूह

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेताको उम्मेदवार छान्न संस्थापन इतर समूह आज पनि छलफलमा जुटेको छ ।

संस्थापन इतर समूहबाट महामन्त्री गगन थापा र नेता शेखर कोइरालाबीच दलको नेताका लागि दाबी रहेको छ । यसअघि हिजो बसेको बैठक आज बिहान पुनः बस्ने गरी सकिएको थियो ।

कांग्रेसमा संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा संसदीय दलको नेताको उम्मेदवार रहनुभएको छ भने इतर समूहमा कोइराला र थापा को बन्ने भनेर अहिलेसम्म सहमति जुट्न नसकेको हो । संस्थापन इतर समूहका नेता तथा सांसदहरूले कोइराला र थापालाई मिलेर एक जना उम्मेदवार बन्न दबाब दिँदै आएका छन् ।

कांग्रेसले संसदीय दलको नेता छान्न भोलि बिहान चुनाव गर्ने तयारी छ । त्यसका लागि निर्वाचन समितिले उम्मेदवारी दर्ताका लागि आज दिउँसो २ देखि ३ बजेसम्मको समय निर्धारण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077