Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • सार्वजनिक स्थानमा यौनजन्य ईशारा गर्दै हैरानी दिने महिलाहरु पक्राउ

    सार्वजनिक स्थानमा यौनजन्य ईशारा गर्दै हैरानी दिने महिलाहरु पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ४ पुष २०७९
  • 852
    SHARES

    बुटवल । रुपन्देहीमा विभिन्र सार्वजनिक स्थानहरुमा यौनजन्य ईशारा एवम् संकेत गर्दै अभद्र व्यवहार गर्ने महिलाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    जिल्लाको बुटवल उपमहानगरपालिकाका विभिन्र सार्वजनिक स्थानहरुबाट उनीहरुलाई ईलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको हो ।



    पक्राउ पर्नेमा रुपन्देही बुटवल २ बस्ने २३ वर्षीया मालिका सुव्बा, २९ वर्षीया प्रेयङ्का सुनार, ५० वर्षीया बिना सेर्पा, २४ वर्षीया रागीनी श्रेष्ठ, २३ वर्षीया आहाना खान, २७ वर्षीया नम्रता सिंह र १८ वर्षीया युरिना थापा रहेका छन् ।



    बिभिन्र सार्बजनिक स्थाहरुमा समूह बनाई महिला, यात्रु तथा अन्य व्यक्तिलाई अपशब्द बोल्ने, यौनजन्य ईशारा संकेतहरुबाट जिस्काउने हातपात वा हैरानी गर्ने गरेका थिए ।

    उनीहरुविरुद्ध मुलुकी अपराध संहिताको दफा ११८ (१) अनुसार अभद्र व्यवहार कसुरमा अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार