Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

खोटाङको बाक्सिलाबजारमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्र बाक्सिलाबजारमा भीषण आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार पाँच घर पूर्ण रुपमा जलिसकेको र आगो अहिले नियन्त्रणबाहिर गएको हो ।

आगो नियन्त्रणका लागि त्यहाँका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, पालिका अध्यक्ष लगायतलाई आग्रह गरिएको बताइएको छ ।

घरमा खाना पकाउने ग्यास सिलिण्डर पड्किएपछि सुरु भएको आगो अन्य घरमा पनि फैलिएको बताइएको छ ।

बजारमा एकापसमा जोडिएका घरमा फैलिएको नियन्त्रणमा समस्या भएको छ । स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । क्षतिको विस्तृत विवरण आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077