Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डिजिटल बैकिङ्गमा एनआईसीको जोड, अनलाइनबाटै यसरी लिन सकिन्छ क्युआर कोड

काठमाडौं । २५औं वर्षदेखि अनवरत रुपमा बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको एनआईसी एशिया बैंकले आफ्ना लाखौं ग्राहक महानुभावहरूमाझ गतिशील बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

भिडियो कल मार्फत नै केवाईसी अपडेट गर्न मिल्ने सेवा शुरु गरिसकेको एनआईसी बैंक आफ्ना सेवा र सुविधाहरुलाई क्रमिकरुपले डिजिटल माध्यमबाट प्रदान गर्ने अठोट नै लिएर अगाडि बढिरहेको छ ।

‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू प्रदान गर्दै आएको बैंकले सरल र सहज बैंकिङ्गका  लागि क्युआर कोडको सुविधा यस अघि नै ल्याइसकेको छ ।

बैंकले स्मार्ट डिजिटलल ब्यापारी बन्नका लागि व्यवसायीहरूलाइ एनआईसी एशियाको क्युआर कोड लिन समेत आग्रह गरेको छ । ‘न हरेक दिन क्यास गन्ने झन्झट, न त पैसा हराउने चिन्ता’ भन्दै बैंकले क्युआरका लागि आजै नाम दर्ता गर्न आग्रह गर्दै सामाजिक सञ्जाल फेसबुकम जानकारीमुलक सन्देश पोष्ट गरेको छ ।

एनआईसी एशिया बैंकको पेजमा पोष्ट भएको उक्त जानकारीमा क्युआर लिनका लागि यो लिंकमा क्लिक गर्ने वा सिधै इमेल गरेर पनि क्युआरबारे जानकारी लिन सकिने जनाएको छ ।

एनआईसी एशिया बैंकले जनाए अनुसार मोवाइलबाट क्युआर स्क्यान गरी आफ्नो व्ययवायको पनि नयाँ क्युआर लिन सकिन्छ । त्यसका लागि स्क्यान टु अप्लाई वा यो लिंकमा क्लिक गर्न सकिने बैंकले जनाएको छ ।

एनआईसी एशिया बैंकले दुई वर्ष अघि कारोनाका कारण भएको लकडाउनले देशभर व्यवसाय, उद्योग, कारखाना लगायतका गतिविधि बन्द रहेको अवस्थालाई मध्यनजर गर्दै ब्यसवायको भुक्तानी सहज बनाउन क्युआर कोड प्रदान गर्ने नीति ल्याएको थियो ।

त्यतिबेला बैंकले आपतकालीन अवस्थामा खाद्यान्न सामग्री ग्राहकहरूको घरमै पुर्याएर विक्री गरिरहेका व्यवसायीहरूलार्ई क्युआर कोड प्रदान गरेको थियो ।

धेरै समयको लकडाउनको कारण एनआईसी एशिया बैंकका ग्राहकहरूसँग नगद अभाव हुन सक्ने तथा एटिएमसम्म पुग्न समेत नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै यस्तो योजना ल्याएको बैंकले जनाएको थियो ।

बैंकले त्यतिबेला सरकारबाट अनुमति प्राप्त अति आवश्यक खाद्यान्न तथा सेवा प्रदान गर्ने व्यवसायीहरूलाई बैंकमा उपस्थित नभई ईमेल मार्फत नै सहज रुपमा क्युआर कोड प्रदान समेत गरेको थियो ।

एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जाल विस्तार गरेको बैंक हो । यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०३ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ ।

देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रू.३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन बैंक सफल भएको छ । जुन समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077