काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको निर्वाचन बुधबार हुने भएको छ । संयोजक आङ्दम्बेसहित केन्द्रीय सदस्य पुष्पा भुसाल र प्रकाश रसाइली (स्नेही) सदस्य रहेको निर्वाचन समितिले बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म संसदीय दलको निर्वाचन गराउने भएको हो ।
सोमबार बिहान पार्टी कार्यालय सानेपामा बसेको निर्वाचन समितिको बैठकले निर्वाचनको समय तालिका पनि बनाएको छ ।
पुस ६ गते संसदीय दलको निर्वाचन गर्ने तयारी रहेको कांग्रेस स्रोतले बतायो । प्रधानमन्त्रीका लागि नाम सिफारिस गर्नुपर्ने भएकोले ६ गतेका लागि चुनावको मिति गर्नेगरी तयारी भएको कांग्रेस स्रोतले बतायो ।
संसदीय दलमा हालसम्म तीनजनाको आकांक्षा देखिएको छ । सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा संस्थापन टिमबाट र इतरसमूहबाट नेता शेखर कोइराला र महामन्त्री गगनकुमार थापा दलको नेता लड्ने तयारीमा छन् ।
कांग्रेसका समानुपातिक र प्रत्यक्षतर्फबाट निर्वाचित भएका ८९ सांसदहरुले दलको नेतामा भोट हाल्नेछन् ।
Leave a Reply