Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • मोरङमा विद्यालय गएका दुई बालिका बलात्कृत,चारजना पक्राउ

    मोरङमा विद्यालय गएका दुई बालिका बलात्कृत,चारजना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ४ पुष २०७९
  • 708
    SHARES

    फाइल तस्विर

    मोरङ । मोरङको सुन्दरहरैंचामा विद्यालय गएका दुई बालिका बलात्कृत भएका छन् । विद्यालय गएका दुवै बालिका घर नफर्किएपछि सोधीखोजी गर्दा घटना बाहिरिएको हो ।

    जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार दुवै बालिका १४ वर्षका छन् । पुस १ गते शुक्रबार दुवैजना विद्यालय जान भनेर घरबाट हिँडेका थिए । विद्यालय बन्द रहेको थाहा पाएपछि उनीहरु सुन्दरहरैंचाकै गौशालामा भलिबल हेर्न गए ।



    भलिबल आयोजनास्थलमा भेटिएका सुन्दरहरैंचा–४ का २० वर्षीय सचिन तिम्सिना र सुन्दरहरैंचा–६ का २१ वर्षीय प्रताप तामाङले ललाइफकाइ होटलमा लगेर दुवैजनालाई बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।



    उनीहरुले सुन्दरहरैंचा–७ बेलगाछीमा रहेको होटल दरबार इन, रेस्टुरेन्ट एन्ड लजको दोस्रो तलाको अलगअलग कोठामा रातभर राखेर बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

    पीडित बालिकाका अभिभावकले दिएको किटानी जाहेरीका आधारमा बलात्कारमा संलग्न दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    तिम्सिना र तामाङलाई सहयोग गर्ने सुन्दरहरैंचा–५ का २० वर्षीय बेन्जु चौधरी र सुन्दरहरैंचा–६ का २० वर्षीय पदम कार्कीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार बलात्कारको सिकार भएका बालिका स्थानीय विद्यालयको कक्षा ८ र ९ मा अध्ययनरत छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार