Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संसदीय दलको नेता छान्दै एकीकृत समाजवादी, दिउँसो १ बजे बैठक

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पनि संसदीय दलको नेता चयन गर्ने भएको छ ।

संसदीय दलको नेता चयन गर्न आज दिउँसो १ः३० बजे काठमाडौंमा पार्टीबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई बोलाइएको छ ।

प्रतिनिधिसभामा १० सिट जितेको एकीकृत समाजावादीबाट अध्यक्ष माधवकुमार नेपाल संसदीय दलको नेता निर्वाचित हुने निश्चित नै छ ।

यस्तै आजै बिहान ११ बजे प्रतिनिधिसभा तथा प्रदेशसभामा नवनिर्वाचित एकीकृत समाजवादीका सांसदहरूलाई पार्टी केन्द्रीय कार्यालयमा बधाई तथा शुभकामना दिने कार्यक्रम पनि तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077