Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संसदीय दलको नेता चयन गर्दै रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेता आज चयन गर्दैछ ।

प्रतिनिधिसभामा चौथो शक्तिका रूपमा उदाएको रास्वपा संसदीय दलको नेता छान्न लागेको हो । त्यसका लागि महाराजगन्जस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक आयोजना गरिएको छ ।

पार्टीबाट नवनिर्वाचित सांसदहरूलाई आजै महाराजगन्जमा बधाई दिने कार्यक्रम पनि राखिएको बताइएको छ ।

त्यसपछि संसदीय दलको नेता चयन प्रक्रिया थालिने उनले बताए । पार्टीका सभापति रवि लामिछाने नै संसदीय दलको नेता बन्ने पक्कापक्कीजस्तै छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077