Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्टाटसप्रति धरानका मेयर हर्क साम्पाङले मागे माफी

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफ्नो फेसबुक पोष्टमा प्रयोग भएको शब्द दलित समुदायलाई नराम्रो लागेको भन्दै माफी मागेका छन् ।

उनले केहीबेर अघि सामाजिक सञ्जाल फेसबुक पेजमार्फत एक प्रेस विज्ञप्ती जारी गर्दै आफुबाट गल्ति भएको भन्दै क्षमा मागेका हुन् ।

आफूले मंसिर २८ मा आफूले पोष्ट गरेको स्टाटसमा गाउँले ठट्यौली उखानको शैलीमा ‘चमारे’ शब्द अप्रत्याशित प्रयोग भएको भन्दै त्यसले दलित समुदायलाई नराम्रो लागेको यथार्थ प्रति दुःख व्यक्त गर्दै माफी मागेका हुन् ।

उनले एक विज्ञप्ति निकालेर भनेका छन्, ‘मैले पोष्ट गरेको स्टाटसमा गाउँले ठट्यौली उखानको शैलीमा चमारे शब्द अप्रत्यासित प्रयोग हुन जाँदा दलित समुदायलाई नराम्रो लागेको यथार्थप्रति दुख व्यक्त गर्दै उक्त शब्दले धेरैलाई दुखी बनाएको रहेछ ।त्यसका लागि क्षमाप्राथी छु ।’

उक्त शब्दले धेरैलाई दुःखी बनाएककाले त्यसका लागि आफ्नो शब्द फिर्ता लिंदै यसबाट कसैलाई ठेस पुर्याउने नियतवश उक्त स्टाटस नरहेको पनि जानकारी गराएका छन् ।

मेयर साम्पाङले आफूले समानताको भावनाको साथ सबै मिलेर देशलाई माथि उठाउनका लागि विकृति विसंगति बेथिति, भ्रष्टाचार, अन्याय, अत्याचार, विभेद, शोषण र दमनविरुद्ध लामो समय अभियान चलाएको पनि स्मरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077