Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिनेमा हलमा विश्वकपको फाइनल देखाउने एनआईसी एशियाको योजना स्थगित, भाग्यशाली ३०० जनालाई चलचित्रको टिकट

काठमाडौं । एनआईसी एशिया बैंकले ‘विश्वकप २०२२’ लाई लक्षित गरि ल्याएको विशेष योजना स्थगित गरेको छ ।

बैंकले सामाजिक सञ्जाल फेसबुक पेजमार्फत फाइनलल खेल सिनेमा हलमा हेर्न पाउने एनआईसी एशिया बैंकको योजना स्थगित गरिएको जनाएको हो । कतारमा जारी विश्वकप फुटबलको फाइनल खेल आज अर्थात पुस ३ गते आइतबार बेलुका ८ः४५ बजे हुँदैछ ।

यो वर्ष साविक विजेता फ्रान्स र अर्जेन्टिनाले फाइनलमा भिडन्त गर्दैछन् । दुई पटक विश्व विजेता बनिसकेका दुबै देश तेस्रो पटक विश्व विजेता बन्ने होडमा छन् ।

एनआईसी एशिया बैंकले फेसबुक पेजमार्फत एक विज्ञप्ति जारी गरी ३०० जनालाई सिनेमा हलमा निःशुल्क विश्वकप फाइनल देखाउने योजना स्थगित भएको जनाएको हो ।

प्राविधिक कारणबस सिनेमा हललमा विश्वकप प्रशारण गर्न नमिल्ने भएकाले उक्त कार्यक्रम स्थगित गरिएको बैंकले जनाएको छ । यसबाट ग्राहक महानुभावहरुलाई पर्न गएको असुविधाप्रति क्षमा माग्दै बैंकले ३०० जना ग्राहक महानुभावहरुलाई प्रतिव्यक्ति दुई वटाका दरले चलचित्रको टिकट भने उपलब्ध गराउने व्यवस्था गरेको पनि जनाएको छ ।

यद्यपी बैंकले एनआईसी एशिया बैंकको मोवाइल एप प्रयोग गरी विश्वकपका खेलहरुको सहि बिजेता अनुमान गर्ने फुटबलप्रेमी ग्राहक महानुभावहरुमध्ये प्रत्येक खेलमा पाँचदेखि १० जनालाई रु पाँचसयदेखि दुई हजारसम्मको टपअप भने उपलब्ध गराउने जनाएको छ ।

[insert page='180666' display='yopanipadhnuhos.php']

बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गरिरहेको एनआईसी एशिया बैंकले डिजिटल बैंकिङ्गको प्रवद्र्धनका लागि आफ्ना मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई लक्षित गरेर ‘विश्वकप २०२२’ विशेष योजना सञ्चालनमा ल्याएको सर्वविदितै छ ।

उक्त योजना अनुसार भाग्यशाली ३०० जनलाई बैंकले सिनेमा हलमा निशुल्क विश्वकप फुटबल फाइनल हेर्ने योजना ल्याएकोमा प्राविधिक कारणवस सिनेमा हलमा विश्वकप प्रशारण गर्न नमिल्ने भएकाले उक्त कार्यक्रम स्थगित गरिएको जानकारी गराउँदछौं । यसबाट ग्राहक महानुभावहरुमा पर्न गएको असुविधाप्रति बैंक क्षमाप्रार्थी रही सो वापत बैंकले घोषणा गरेबमोजिम निज ३०० जना ग्राहक महानुभावहरुलाई प्रतिव्यक्ति दुई वटाका दरले चलचित्रको टिकट उपलब्ध गराउने व्यवस्था गरेको छ ।

यद्यपी बैंकले आफ्नो मोवाइल बैंकिङ्ग एप प्रयोग गरी विश्वकपका खेलहरुको सही बिजेता अनुमान गर्ने फुटबलप्रेमी ग्राहक महानुभावहरुमध्ये प्रत्येक खेलमा ५ देखि १० जनालाई रु. ५०० देखि २००० सम्मको मोबाइल टपअप उपलब्ध गराउने योजना भने यथावत रहेको जानकारी गराउँदछौं ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077