Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सोलुखुम्बुमा भरुवा बन्दुकसहित दुई युवा पक्राउ

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका-१ बाट भरुवा बन्दुकसहित दुई युवा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जिल्लाको माप्यदुधकोशी गाउँपालिका २ का ३२ वर्षीय खगेन्द्र राई र सोही ठेगानाका २४ वर्षीय प्रवेश राई रहेका छन्।

उनीहरूलाई शनिबार साँझ एक थान भरुवा बन्दुक र एक थान खुकुरीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

सोलुदुधकुण्ड नगरपालिका-१ छिर्दीस्थित निर्माणाधीन पुलको कामदारहरूलाई धाकधम्की दिँदै गरेको अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077