Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

साढे ३ घण्टापछि खुल्यो तनहुँमा अवरुद्ध पृथ्वी राजमार्ग

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी-२ स्थित खानीखोलाको पुल भासिदा अवरुद्ध बनेको राजमार्ग खुलेको छ ।

आइतबार बिहान १० बजेदेखि अवरुद्ध सडक साढे एक बजेदेखि सञ्चालनमा आएको हो ।

बिहान १० बजेतिर सडक निर्माणको क्रममा पुल भासिएर दुईतर्फी सवारी आवागमन बन्द हुँदा थुप्रै सवारी साधन जाममा परेका थिए ।

भासिएको स्थानमा ग्राबेल हालेर सडक सुचारु भएपछि अहिले ठूला सवारी साधन एकतर्फी रुपमा सञ्‍चालनमा आएको प्रहरीले जनाएको छ । यो सडक खण्डमा अहिले चार लेन सडक विस्तारको काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077