Online Nepal
  • बिहिबार, २५ पुष २०८१
  • महानगरले निजी जग्गामा पार्किङ गरिएका सवारी साधन उठाएपछि अनामनगरमा तनाव

    महानगरले निजी जग्गामा पार्किङ गरिएका सवारी साधन उठाएपछि अनामनगरमा तनाव

    अनलाइन नेपाल
  • आइतबार, ३ पुष २०७९
  • 666
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाले निजी जग्गामा राखेका सवारी साधन उठाएपछि काठमाडौंको अनामनगर क्षेत्र तनावग्रस्त बनेको छ ।

    महानगरपालिकाले आइतबार काठमाडौंको अनामनगर क्षेत्रमा निजी जग्गामा राखेका दुईपाङ्ग्रे सवारी साधन महानगर प्रहरीले उठाएपछि अनामनगर क्षेत्र तनावग्रस्त बनेको हो ।



    सवारी साधन चालकहरू महानगरपालिकाले आफूहरूमाथि ज्यादती गरेको आरोप लगाउँदै विरोधमा उत्रिएका छन् । उनीहरूले महानगरपालिकाले एकपटक एउटै र अर्को दिन अर्को निर्णय गरेर आम सर्वसाधारणहरूमाथि ज्यादती गरेको बताए ।



    एक सर्वसाधारण राजु श्रेष्ठले महानगरपालिकाले एक लाइन सवारी राख्न पाउने भनेर हप्ता दिनअघि गएको तर अहिले पुनः आएर सवारीसाधन उठाएको भन्दै आपत्ति जनाए ।

    सर्वसाधारणले महानगरपालिकाले जनतामाथिको ज्यादती छोड्नु पर्ने माग गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार