Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • सरकारले १० प्रतिशतले बढायो पेट्रोलियम ढुवानी भाडा

    सरकारले १० प्रतिशतले बढायो पेट्रोलियम ढुवानी भाडा

    अनलाइन नेपाल
  • आइतबार, ३ पुष २०७९
  • 855
    SHARES

    काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको ढुवानी भाडा १० प्रतिशतले वृद्धि गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल भित्रका १७ र नेपाल बाहिरका ५ वटा रुटमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर र ट्रकको भाडा वृद्धि गरेको हो ।

    सरकारले निर्वाचन अघि नै निर्णय गरे पनि निर्वाचनको मतपरिमाण सार्वजनिक भएपछि भाडा वृद्धिको सूचना जारी गरिएको छ । नेपाल आयल निगमका अनुसार सरकारले कात्तिकको अन्तिम सातातर्फ पेट्रोलियम ढुवानी गर्ने ट्यांकरको भाडा वृद्धि गरेको थियो ।



    निगमले शुक्रबारदेखि लागू हुने गरेर पेट्रोलियम ढुवानी गर्ने ट्यांकरको भाडा वृद्धि गरेको हो ।  यसअघि, उद्योग मन्त्रालयकी सहसचिव उर्मिला केसीको संयोजकत्वमा यातायात व्यवस्था विभागको इञ्जिनियर, काठमाडौं युनिभर्सिटीको मेकानिकल इञ्जिनियर, निगमको अर्थ विभागको प्रमुख र ढुवानी व्यवसायीको प्रतिनिधि सम्मिलित टोलीले भाडा वृद्धिको अध्ययन गरिरहेको थियो ।



    कलेजबाट प्रतिवेदन आएपछि निगम सञ्चालक समितिमा पटक–पटक छलफल भएको थियो । हाल नेपालमा पेट्रोलियम ढुवानी गर्ने १७ वटा रुट छन् भने नेपाल बाहिर ५ वटा रुट छन् । भारतबाट नेपाल आउने र नेपालबाट विभिन्न स्थानमा पठाइने रुटमा बढेको भाडावृद्धिलाई हेर्दा समग्रमा १० प्रतिशतसम्म भाडा बढेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार