Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री देउवा र माधव नेपालबीच भेटवार्ता, नयाँ सरकार गठनबारे छलफल

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटका क्रममा नयाँ सरकार गठनका साथै समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको बताइएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले देउवालाई भेटेर प्रधानमन्त्रीमा दाबी गरेपछि देउवाले नेपालसँग पनि छलफल गरेका हुन् ।

नयाँ सरकार गठनको रस्साकस्सीका बीच गठबन्धनबाट माओवादी केन्द्रले प्रधानमन्त्रीको दावी गरेपछि राजनीतिक दौडधुप बाक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077