Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमाले अध्यक्ष ओली र रवि लामिछानेबीच भेटवार्ता, सत्ता समीकरणबारे छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच शुक्रबार राति ओली निवास बालकोटमा भेटवार्ता भएको हो । भेटमा उनीहरूबीच सत्ता समीकरणबारे छलफल भएको बताइएको छ ।

निर्वाचनमा दोस्रो ठूलो दल बनेको एमालेले सरकार गठन प्रक्रियाका लागि दलहरूसँग सम्बाद गरिरहेको छ। सोहीक्रममा ओली र लामिछानेबीच भेटवार्ता भएको बताइएको छ । हालै सम्पन्न निर्वाचनमा एमालेले ७८ सिट र राष्ट्रिय स्वतन्त्र पार्टीले २० सिट जितेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूलाई बहुमत लिएर आउन आह्वान गर्ने तयारी गरिरहँदा दलहरू आन्तरिक र बहुपक्षीय छलफलमा जुटेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077