काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनतालाई सही दिशामा डोर्याउन नसक्दा चुनावले गलत नतिजा दिएको बताएका छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले शनिवार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
ओलीले भने, ‘जनतालाई सचेत गराउन नसक्नु,सही दिशामा लैजान नसक्नु प्रमुख दलको नेताको हैसियतले मेरो पनि कमजोरी स्वीकार गर्छु ।
अब कस्तो सरकार बन्छ भन्ने म ५८ वर्ष राजनीति गरेको मान्छेले भन्न नसक्ने अवस्था छ । अहिले सबैभन्दा चर्को महँगी कतै छ भने पोलिटिकल बजारमा छ ।’
पोलिटिकल भाउ चर्को छ,यसले स्थिरता दिँदैन । उनले चुनावको परिणामले राजनीतिक बजारलाई महँगो पारेको भन्दै यसले अस्थिरता उत्पन्न गरेको बताए ।
ओलीले जनतालाई सचेत गराउन नसक्नु प्रमुख दलको नेताको हैसियतले आफ्नो पनि कमजोरी रहेको बताए । सत्ता गठबन्धनले आफ्नो संख्या नपुगेर थप अरू दल खोजेर झन् ठूलो गठबन्धन बनाउन खोजे पनि त्यसको आकार प्रष्ट नभएको ओलीले बताए ।
Leave a Reply