Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नयाँ सरकारको नेतृत्वमा माओवादीको दाबी स्वाभाविक हो : प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले नयाँ सरकारको नेतृत्वमा नेकपा माओवादी केन्द्रको दाबी स्वाभाविक भएको बताएका छन् ।

प्रवक्ता महतले अबको प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दाबी स्वाभाविक भए पनि कांग्रेसकै नेतृत्व उपयुक्त हुने जिकिर गरेका हुन् ।

उनले भने, 'प्रचण्डजीले पनि प्रधानमन्त्री दाबी गर्नुभएको छ । यसलाई पनि हामी स्वाभाविक लिन्छौँ । तर, सबै रूपमा कांग्रेसको नेतृत्व उपयुुक्त हुन्छ ।'

प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार बालुवाटारमा कांग्रेसबाट नवनिर्वाचित सांसदहरूलाई बोलाएका थिए । बधाई तथा शुभकामना दिएका थिए ।

त्यसपछि सञ्चारकर्मीसित प्रतिक्रिया दिँदै डा.महतले ठूलो दल बनेकाले कांग्रेसको प्रधानमन्त्री बन्ने कुरा स्वाभाविक हुने बताए । उनले संसदीय दलको निर्वाचन केही दिनमै हुने र सर्वसम्मत नेता चयनको प्रयास गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077