Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • मेयर बालेनले भने – अनधिकृत टहरा भत्काउँदा समाचार बन्छ,डोटीमा भूकम्पपीडितको विचल्लीको चासो हुँदैन

    मेयर बालेनले भने – अनधिकृत टहरा भत्काउँदा समाचार बन्छ,डोटीमा भूकम्पपीडितको विचल्लीको चासो हुँदैन

    अनलाइन नेपाल
  • शनिबार, २ पुष २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाले डोटीमा भूकम्पबाट घर भत्केर विचल्लीमा परेका परिवारलाई १० लाख रुपैयाँ सहयोग गरेको छ ।

    महानगरमा डोटीका भूकम्प पीडितका लागि सहयोगको अनुरोध आएपछि महानगरबाट विपद व्यवस्थापन अन्तर्गतको बजेटबाट गाउँपालिकालाई १० लाख सहयोग गरेको हो । मेयर बालेन्द्र साह (बालेन)ले १० लाख भन्दा बढी सहयोग गर्न महानगरका केही सीमाहरु रहेको बताए ।



    उनले फेसबुकमार्फत भनेका छन्,‘काठमाडौंमा अनधिकृत टहरा भत्काउँदा राष्ट्रिय समाचार बन्छ तर डोटीमा भुकम्पबाट ३८ सय टहरा भत्काउँदा समाचार बन्ने बिषय पनि मानिदैन ।’



    उनले राज्य संयन्त्र, संबंधित मन्त्रालय, सांसद ,सरकारी गैरसरकारी संघसंस्था तथा व्यक्तिहरुको पहलमा पनि डोटीका भूकम्पपीडितहरुलाई सहयोग गर्न अनुरोध गरे । डोटीमा कार्तिक २३ मा आएको ६.६ रेक्टर स्केलको भूकम्पले ३८ सय घरटहरा भत्किएको थियो ।

    मेयर साहले नेपालका दुरदराजमा नागरिकहरुले दुख पाइरहँदा काठमाडौंमा चासो नै नहुने, समाचार नै नबन्ने अवस्था आज पनि रहेको भन्दै गुनासो गरे । पीडितहरु कसरी सुरक्षित होलान् भन्ने सार्वजनिक रुपमा चासो समेत नभएको गुनासो गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार